एजेन्सी– जिम्बाब्वेको राजधानी हरारेमा हैजा फैलिएपछि संकटकाल घोषणा गरिएको छ । हैजाका कारण हरारेमा दर्जनौंको मृत्यु भएको र ७ हजार बढी बिरामी परेको बिबिसीले जानकारी दिएको छ ।
‘हामीले हैजाका कारण संकटकाल घोषणा गरेका छौं, ‘ हरारेका मेयर आयन मैकोनलाई उदृत गर्दै स्थानीय मिडियाले लेखेका छन् ।’ हरारेको प्रशासनका अनुसार पूरै शहरमा तिव्र गतिमा हैजा फैलिएको छ, जसले सन् २००८ को स्थितिलाई सम्झाएको छ ।
सन् २००८ मा जिम्बाब्वेमा हैजा फैलिँदा द्ध हजार जनाको मृत्यु भएको थियो भने १ लाख बढी बिरामी भएका थिए । इन्टरनेशनल फेडरेशन अफ रेडक्रस आईएफआरसीका अनुसार स्वास्थ्य अधिकारीहरुले अस्पतालमा बढेका बिरामीको उपचारमा स्वास्थ्यकर्मीहरुले संघर्ष गरिरहेका छन् ।
स्वास्थ्य उपचारका लागि स्वास्थ्यकर्मीको कमी भएको छ । यस्तै हैजा फैलनबाट रोक्ने उपाय अपनाउन पनि कमजोरी भइरहेको आईएफआरसीले जानकारी दिएको छ ।