

काठमाण्डु, १ मंसिर– ल्यापटप चोरीको आरोपमा कैलालीको धनगढीबाट सशस्त्र प्रहरी बलमा कार्यरत असईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा दार्चुला घर भएका सशस्त्र प्रहरी सहायक निरीक्षक रमेश भण्डारी रहेका छन । स्वस्तिक अस्पतालबाट ल्यापटप चोरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले जानकारी दिएका छन ।
अस्पतालबाट ल्यापटप चोरेको सिसिटिभी फुटेजमा देखिएको र सो आधारमा उनलाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छन । असई भण्डारी पोखराको लामापाटनस्थित तालिम गरिरहेका छन् ।
उनी बिदा लिएर धनगढी पुगेका हुन् । प्रहरीले उनलाई चोरी मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको पनि डिएसपी चन्दले जानकारी दिएका छन ।