
सिन्धुली, ३० कात्तिक– सिन्धुली कारागारमा एक कैदी मृत्यु भएको छ ।
सिन्धुलीकै दुधौली नगरपालिका–१० का ३० वर्षीय विमल थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिन्धुली प्रहरीका डिएसपी चिरञ्जीवी दाहालले बुधबार खाना खाएर सुतेका थापा बिहान ३ बजे ओछ्यानमै मृत फेला परेका थिए । दिउँसो उनले कारागारका अरु कैदी बन्दीसँगै देउसीसमेत खेलेका थिए ।
अचेत अवस्थामा थापालाई उपचारका लागि सिन्धुली जिल्ला अस्पताल लगिएको थियो । चकित्सकले तत्काल मृत घोषणा गरेको थापाले बताए । सवारी ज्यान मुद्दामा थापालाई गत १७ असोजदेखि थुनामा राखिएको थियो ।
शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ । प्रहरीले घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ ।