काठमाण्डुमा ठूलो संख्यामा जुवाडे पक्राउ

काठमाण्डु टुडे २०८० कार्तिक २८ गते १५:०५ मा प्रकाशित

काठमाण्डु, २८ कात्तिक–स्वयम्भू र साँखुबाट ठूलो सङ्ख्यामा जुवाडे पक्राउ परेका छन् ।

प्रहरी वृत्त स्वयम्भूले चार लाख रुपैयाँ, कौडा र ताससहित जुवाडे पक्राउ गरेको छ ।

काठमाण्डु प्रहरी परिसरका प्रवक्ता एसपी कुमोध ढुगेलका अनुसार साँखु प्रहरी प्रभावबाट खटिएको टोलीले सङ्खरापुर नगरपालिका–१ नाङलेभारेको दुई ठाउँबाट १७ जुवाडेलाई नियन्त्रणमा लिएको छ ।

उनीहरूको साथबाट एक लाख १७ हजार नगद बरामद भएको ढुंगेलले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us