पाल्पामा दुई मोटरसाइकल आपसमा ठोक्कियो, पाँच जना घाइते

काठमाण्डु टुडे २०८० कार्तिक २८ गते १२:५२ मा प्रकाशित

पाल्पा, २८ कात्तिक– पाल्पामा मंगलबार दुई मोटरसाइकल आपसमा ठोक्किएको छ ।

पूर्वी पाल्पाको रामपुर–१० बर्दलेबाट रामपुर बजारतर्फ गइरहेको लु२१प५८४४ र सोही दिशतर्फ गइरहेको लु२१प९९०२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

घाइते हुनेमा रामपुर–१० अदमाराका १६ वर्षीय आकाश सारु, सोही स्थानका १७ वर्षीय सुदीप सिंजालीमगर, स्याङ्जा चापकोट–९, का १९ वर्षीय विदुर भण्डारी, सोही स्थानका १९ वर्षीय सुदीप भण्डारी र ६ वर्षीय बालक एलएस भण्डारी छन् ।

पाल्पा प्रहरीका सूचना अधिकारी सुगन्ध श्रेष्ठले घाइतेमध्ये आकाश, विदुर र सुदीपको अवस्था गम्भीर छ । घाइते सबैको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us