जुवा खेलेको आरोपमा १० जना पक्राउ

काठमाण्डु टुडे २०८० कार्तिक २६ गते १८:२२ मा प्रकाशित

काठमाण्डु,२६ कातिक– प्रहरीले जुवा खेलेको आरोपमा ललितपुरबाट १० जनालाई पक्राउ गरेको छ ।

शनिबार प्रहरीले ललितपुरको नख्खिपोटस्थित एक रेष्टुरेन्टबाट १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।

७ जना महिला र ३ जना पुरूषलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

उनीहरूबाट एक लाख ३ हजार नगद बरामद भएको छ। यसको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us