महेश बस्नेतको आरोपः दुर्गा प्रसाईंको मानसिक सन्तुलन बिग्रिएको छ

काठमाण्डु टुडे २०८० कार्तिक २६ गते ९:१३ मा प्रकाशित

काठमाण्डु, २६ कात्तिक– एमाले नेता एवं युवा संघ इन्चार्ज महेश बस्नेतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको मानशिक सन्तुलन बिग्रिएको आरोप लगाएका छन् ।

सार्वजनिक अभिव्यक्ति र उनका पारिवारिक सदस्यले दिएको सूचनाका आधारमा प्रसाईंको मानसिक अवस्था बिग्रिएको प्रमाणित हुने भन्दै बस्नेतले उनलाई राम्रो डाक्टरकोमा लागेर उपचार गरिनुपर्ने बताए ।

प्रसाईंलाई आपराधिक र नौटंकीको संज्ञा दिँदै सरकारले नियन्त्रणमा लिएर कारबाही नगरेकामा आपत्ति जनाए । प्रसाईंका छोरा, ज्वाईं र भान्जा डा. रवि चुडालले आफू र आफ्ना मानिसहरुलाई प्रसाईंको मानसिक अवस्था बिग्रिएको जानकारी दिएको उनको भनाइ थियो । प्रसाईंले अमेरिकी राष्ट्रपति जो बाइडेन, चिनियाँ राष्ट्रपति सी जिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सम्बन्ध रहेको भन्ने गफ दिएको, दुबइमा १५ अर्ब लगानी गरेकोजस्ता हावादारी अभिव्यक्तिले उनी मानशिक सन्तुलन गुमेको व्यक्ति भएको बताए । ‘दुर्गा प्रसाईंका पछिल्ला अभिव्यक्ति हेर्ने हो भने मानशिक सन्तुलन गुमेको मान्छे हो भन्ने देखिन्छ । मेरो जो बाइडेनसँग सम्पर्क छ, मेरो पुटिनसँग छ । मेरो सी जिनफिङ र मोदीसँग सम्बन्ध छ भन्न पनि भ्याएकै छ ।

एमालेले मलाई घरमा घेर्न आयो भन्छ । एमालेले इलाम जान दिएन भन्छ । भक्तपुरको घर मेरो तीन चोटी घेरे भन्छ । तरकारी बजार घेरे भन्छ । डेंगु भयो भनेर केही नभएको मान्छे गएर सुतिदिन्छ हस्पिटलमा । क्यानसर नभएको मान्छे इण्डियामा गएर सुतिदिन्छ । अनि ‘रअ’ सँग सम्बन्धित एक जना सामान्य मान्छे भेट्छ र गफ दिन्छ मैले मोदीसँग भेटें भनेर’, एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘यसका डिप्रेशनका असंख्य लक्षणहरु छन् । यो डिप्रेशनको समस्या भएको मानिशले एमालेलाई चुनौती दिएर । दुर्गा प्रसाईंलाई हण्डरेड पर्सेन्ट डिप्रेशन छ । राम्रो डक्टर लगाएर उपचार गराइदिँदा उसको भलो हुन्छ । उसकै छोराले हाम्रो युवासंघका नेतालाई फोन गरेर १०÷१२ वटा मुद्धा छन् रे दाई भनिदिनुप¥यो हाम्रो बाउ त यस्तो हो । मानशिक सन्तुलन गुमेको मान्छे हो त्यसकारण बचाइदिनुप¥यो । उसका आफन्त, उसका छोरा, उसका अनेक ढंगका मानिसहरुले हाम्रा साथीहरुसँग कुरा गरिहरेका छन् । उनकै ज्वाईं छन् डक्टर ‘समथिङ’ म नाम भन्दिन । उनकै भान्जा छन् रवि चुडाल । उनीहरु के–के भन्छन् भने हामीले ६ महनादेखि भातमा औषधि मिसाएर खुवाइरहेका छौं ।’

बस्नेतले प्रसाईंबारे अगाडि भनेका छन्–‘उसका १०÷१२ दिनका अडियो सुन्नुस न मैले बनारसका डनलाई चिनेको छु । महेश बस्नेतलाई गुण्डुमा गएर उठाइदिन्छु भनेको छ । कहिले भक्तपुरमा महेशको भन्दा मेरो बढी सम्पत्ति छ । मैले दुबईमा मेरो १५ अर्ब लगानी छ भन्छ । कहिले दुबईमा एक पैसा लगानी नगरी राजकुमारले मेडिकल कलेज खोलेको भन्छ । राजकुमारको त यसले धोती पनि धुनै मौका पाएको छैन । गोडासम्म छुने मौका पाएको छैन । १३ सय दिरामको बजारमा पाइने डण्डा किनेर सुनौलो रङ दलिदिएर सुनको लौरो भन्दिएको भरमा यसले स्टण्डबाजी गर्नुपर्छ भनेर फण्डाबाजी गरेको हो ।’ मानशिक सन्तुलन गुमेको तथा गलत कर्म र काम गरेर डिप्रेशनमा गएको व्यक्तिले दिएको चुनौतीलाई आफूले चुनौती नमानेको बताए । दुर्गा प्रसाईं आपराधिक व्यक्ति भन्दै उनले आगामी ७ मंसिरमा हुने भनिएको दुर्गा प्रसाईंको कार्यक्रमलाई सरकारले नियन्त्रण गर्नुपर्नेमा जोड दिए । बरु अराजकता, अपराध, सहकारी र बैंक पीडितका पक्षमा युवासंघ र अनेरास्ववियुले हजारौंको सहभागितामा राजधानीमा ऐतिहासिक कार्यक्रम गर्ने बताए । युवा संघ सडकको बाघ भन्दै उनले दुर्गा प्रसाईंका मानिसलाई चितुवा र बाघको अगाडि लम्पसार परेको कुकुरको संज्ञा दिए ।

बस्नेतले दुर्गा प्रसाईंजस्तो कमजोर लौरो टेकेर राजतन्त्र ल्याउन सकिन्छ भन्ने सपना नदेख्न चुनौती दिए । अर्जुन पराजुलीको कविता सुनेको प्रसंग कोट्याउँदै उनले भने, ‘खुकुरीले भजन गायो भनेर शिर दिन सकिँदैन, मुर्ति चोरले आरती ग¥यो भनेर पूजारी बनाउँन सकिँदैन । जन्मसिद्ध श्रेष्ठताका आधारमा मेरो छोरो जन्मिँदै जर्साब, मेरो छोरो राजा भन्ने सिस्टम ठीक हुन्छ ?’, ।

बैंकिङ क्षेत्र सुधारको काम दुर्गा प्रसाईंजस्ता खराब पृष्ठभूमिका मानिसले गर्ने नभई सरकारले गर्नुपर्ने उनले बताए । ‘वर्तमान सत्ता र सदनमा गएका दलहरुलाई लागी गरेर नौंटङ्की गरेर जनताले राहत पाउँदैन । सरकारी र बैंकिङ क्षेत्रको समस्या सदनले गर्छ । दुर्गा प्रसाईंको आडमा केही लफङ्गाहरु हिंडेका छन् । पीडितहरु मुलधारका राजनीतिक दलहरुकै पक्षमा छन्’, उनले भने । अराजकता र आपराधिक समूहको आडमा पीडितले न्याय नपाउने बस्नेतले बताए ।

प्रसाईंका बैंक ठगी, चेक बाउन्स, हतियार देखाएको लगायत २०औंं मुद्धा रहेकाले उनी धेरै वर्ष जेल जाने दाबी बस्नेतले गरे । सरकारले आँट नगरे प्रसाईंलाई युवा संघले कारबाही गर्ने चेतावनी उनले दिए । तरकारी बजारमा स्टल बनाउने नाममा ठगेको, आफन्तको पैसा खाएको, हुण्डी र सुन तस्करीको कारोबारमा संलग्न हरको अस्पतालको सामान र औषधि खरिदको भुक्तानी नगरेको, बैंकको ऋण र ब्याज नतिरेको, राश्व छलेको तथा धेरै चेक चेक बाउन्सका मुद्धा रहेकाले प्रसाईंको बाँकी जीवन जेलमै बित्ने दाबी बस्नेतले गरे ।
मानशिक सन्तुलन बिग्रिएको र आपराधिक चरित्रको मानिसले आन्दोलन गरेर राजतन्त्र नआउने बस्नेतले जनाए । माओवादीको ६ दिने आन्दोलन असफल पार्न भूमिका खेलेको भन्दै उनले प्रसाईंजस्ता मानिसको आन्दोलनलाई धुलो चटाइने चेतावनी दिए । बस्नेतले प्रसाईंको पछि नलाग्न राजावादी शक्ति र नेतालाई आग्रह गरे । ‘दुर्गाजस्ता साँढेको पछि लागेर रवीन्द्र मिश्रहरु झर्ला र खाउँला भनेर पछि लाग्नु भन्दा हाँसो उठ्दो कुरा के होला ?’, उनले भने, ‘यस्ता व्यक्तिहरुलाई देखाएर केही राजावादी लफंगा लागेका छन् । यसका सूचना हामीसँग छन् ।’

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us