दोलखामा बलेरो अन्यन्त्रित भई दुर्घटना, १ जनाको मृत्यु, ११ जना घाइते

काठमाण्डु टुडे २०८० कार्तिक २५ गते १८:२७ मा प्रकाशित

काठमाण्डु, २५ कातिक– दोलखामा बलेरो अन्यन्त्रित भई दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बलेरोमा सवार मेलुङ गाउँपालिका–७ सिस्नेरी बस्ने २५ वर्षीय सुजन मगर रहेका छन ।

दोलखाको भिमेश्वर नगरपालिका–७ देउरालीमा बा.२१ च ८२६८ नम्बरको बलेरो अन्यन्त्रित भई पार्किङ गरी राखेको बा.प्र०२०४६ प ५९८१ नम्बरको मोटरसाइकलमा ठक्कर खाई सडकबाट करिब ३० मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा बलेरोमा मगरको मृत्यु भएको छ प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको चरिकोट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

साथै दुर्घटनामा घाइते भएका बोलेरोमा सवार अन्य ११ जना मध्ये ७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ४ जना उपचार पश्चात डिस्चार्ज भएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us