लाङटाङमा लडेर घाइते भएका फ्रान्सेली पर्यटकको हेलिकोप्टरमै मृत्यु

काठमाण्डु टुडे २०८० कार्तिक २४ गते ९:०८ मा प्रकाशित

रसुवा, २४ कात्तिक– रसुवाको लाङटाङ पदयात्रामा गएका एक फ्रान्सेली पर्यटकको लडेर मृत्यु भएको छ ।

फ्रान्सका नागरिक ६८ वर्षीय प्याट्रिक जेन मारिइ मोलको बिहीबार लडेर मृत्यु भएको रसुवा प्रहरी प्रमुख डिएसपी सुभाष बुढाथोकीले बताए । उनका अनुसार गोसाइँकुण्ड गाउँपालिका–४ स्थित क्याङ्जेन जाने पदमार्गको लुम्थाङमा उनी लडेका थिए ।

लडेर घाइते भएका उनलाई प्रहरी र विष्णुदल गणका सेनाले उद्धार गरका थिए ।  मोललाई बिहीबारै फिस्टेल एयरको हेलिकोप्टरमा काठमाण्डु लगिएको थियो । तर, काठमाण्डु नपुग्दै हेलिकोप्टरमै उनको ज्यान गएको बुढाथोकीले बताए ।

मोल काठमाण्डुस्थित त्रिनेत्र ट्रेकिङ एजेन्सीमार्फत लाङ्टाङ घुम्न गएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us