
काठमाण्डु, २४ कात्तिक– नेपाल विद्युत् प्राधिकरणले एकैपटक चार सय कर्मचारी मागेको छ ।
प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै तेश्रो तहका प्राविधिकदेखि १०औं तहका सह–निर्देशकसम्म गरी झण्डै ४ सय कर्मचारी माग गरेको हो ।
प्राधिकरणले दसौं तह अन्तर्गत प्रशासनतर्फ एक जना सहनिर्देशक र प्राविधिकतर्फ एक जना प्रबन्धक र तीन उपप्रबन्धक मागेको छ । यस्तै सहायक निर्देशक, सहायक प्रबन्धक, प्रशासकीय अधिकृत, लेखा अधिकृत, कानुन अधिकृत, इन्जिनियरसहित सहायक स्तरका विभिन्न पदमा दरखास्त दिन भनेको छ ।
यस्तै मिटररिडर, सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर मिटर रिडर, सहायक लेखापाल, फोरमेन, इलेक्ट्रिसियन र जुनियर मिस्त्री लगायतमा पनि दरखास्त आह्वान भएको छ ।
योग्यता पुगेका इच्छुक उम्मेदवारले आगामी १४ मंसिरसम्म दरखास्त दिइसक्नुपर्ने सूचनामा उल्लेख छ ।