
काठमाण्डु, २२ कातिक– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पबाट प्रभावित नागरिकलाई आर्थिक सहयोग गर्ने भएका छन ।
गत शुक्रबार राति जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पबाट प्रभावित नागरिकलाई आर्थिक सहयोग गर्न लागरेका हुन ।
भूकम्पबाट प्रभावितहरूको राहत तथा पुनर्स्थापना लागि राष्ट्रपति पौडेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफ्नो एक महिनाको तलब बराबरको रकम दिने भएका छन ।
कोषमा राष्ट्रपति पौडेलले सो रकम प्रदान गर्ने राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।