
काठमाण्डु, २२ आसोज– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले चीन सरकारले उपलब्ध गराएको राहत सामग्री बुझेका छन ।
उनले आज बुधबार पोखरा विमानस्थलमा राहत सामग्री बुझेका हुन । उनले प्राप्त सामग्री छिटोभन्दा छिटो पीडितसम्म पुर्याउने पनि बताएका छन ।
उनले भने, ‘अहिले मित्रराष्ट्रले सहयोग पठाइरहेका छन् । नेपालगन्जमा भारतले हस्तान्तरण गरेको सामग्री जाजरकोट पठाइसकेका छौँ ।
आज चीनले सहयोग गरेको सामग्री पनि तत्काल पीडितसम्म पुराइनेछ ।’ उनले चीनले उपलब्ध गराएको राहत सामग्री एपिएफको सुरक्षामा ट्रकबाट सम्बन्धित ठाउँमा पुर्याइने बताएका छन ।
त्यसका लागि ट्रक तयारी अवस्थामा रहेको उनले बताएका छन । उनले पहिलो चरणमा उद्धार सम्पन्न भएको र दोस्रो चरणमा राहत सामग्री वितरण गरेपछि तेस्रो चरणमा पुनः निर्माण र पुनः स्थापनामा लाग्ने बताएका छन ।
उनले देश सङ्कटमा परेको समयमा राजनीतिक दलहरु एक जुट भएकोमा उनले दलहरूको प्रशंसा पनि गरे । विपद्मा एक हुने नेपाली संस्कृति नै भएको बताएका छन ।