नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने उत्तर कोरियाको निर्णय

काठमाण्डु टुडे २०८० कार्तिक २२ गते १३:०६ मा प्रकाशित

काठमाण्डु, , २२ आसोज– उत्तर कोरियाले नेपालमा आफ्नो दूतावास बन्द गर्ने भएको छ ।

नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेनले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर यसबारे जानकारी गराएको स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री प्रचण्डका परराष्ट्र सल्लाहकार रुपक सापकोटाका अनुसार सोमबार भएको भेटमा उत्तर कोरियाली राजदूत मेनले दूतावास बन्द गर्ने निर्णय सुनाएको जानकारी दिएका छन ।

राजदूत मेनले दूतावास बन्द गर्नुपर्ने कारणबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएका छन् । उनले बदलिँदो भूराजनीतिक परिवेश र आर्थिक मन्दीका कारण उत्तर कोरियाले नेपालमा रहेको दूतावास बन्द गर्नुपर्ने अवस्था आएको जानकारी गराएका छन ।

उनले छिमेकी मुलुक भारतमा दूतावासले नै नेपाल मामिला हेर्नेबारे जानकारी समेत दिएका छन् । प्रधानमन्त्री प्रचण्डले उत्तर कोरियाको यो निर्णयप्रति दुःख व्यक्त गर्दै राजदूत मेनसँग छिट्टै पुनः दूतावास सञ्चालनमा ल्याउने आशा रहेको बताएका थिए ।

प्रचण्डले राजदूत मेनलाई उनको कार्यकालमा दुई देशबीचको सम्बन्ध मजबुत बनाउन भूमिका खेलेको भन्दै आभारसमेत व्यक्त गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us