अल्पकालीन युद्धविरामको सम्भावना छ: इजरायलका प्रधानमन्त्री नेतान्याह्यु

काठमाण्डु टुडे २०८० कार्तिक २१ गते १६:३८ मा प्रकाशित

एजेन्सी– इजरायका प्रधानमन्त्री बेन्जामिन नेतान्याह्युले मानवीय संकटलाई मध्यनजर गर्दै अल्पकालीन युद्धविरामको सम्भावना रहेको बतएका छन । उनले गाजामा स्थल, जल तथा हवाइ क्षेत्रबाट भीषण आक्रमण गरिरहेको अवस्थामा अल्पकालीन युद्धविराम हुनसक्ने बताए हुन ।

उनले भनेका छन, ‘मानवीय संकटलाई मध्यनजर गर्दै अल्पकालीन युद्धविराम हुने सम्भावना रहेको छ ।’ प्रधानमन्त्री नेतान्याह्युले गाजाको सम्पूर्ण सुरक्षाको जिम्मा लिने पक्षमा इजरायल रहेको पनि बताएका छन ।

उनको भनाइ उधृत गर्दै बीबीसीले लेखेको छ, ‘यो युद्ध समाप्तिपछि गाजाको सम्पूर्ण सुरक्षाको जिम्मा अब इजरायलले लिनेछ ।’ इजरायलमा हमासले आक्रमण गरेको मंगलबार एक महिना पुगेको छ ।

हमासको आक्रमणमा १४ सय जनाले ज्यान गुमाएका थिए । यता हमासलाई समाप्त पार्ने भन्दै इजरायलले गाजामा गरेको जवाफी कारबाहीमा १० हजार भन्दा बढी मानिसको ज्यान गएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us