कांग्रेसले महासमिति बैठक फेरि सार्‍यो

काठमाण्डु टुडे २०८० कार्तिक २१ गते १५:५४ मा प्रकाशित

काठमाण्डु, २१ कातिक– कांग्रेसले महासमिति बैठक फेरि सारेको छ । महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म हुनेगरी नयाँ मिति निर्धारण गरिएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिएका छन् ।

कांग्रेसले सुरुमा मंसिर १३ देखि १६ मा महासमिति बैठक बस्ने जनाएको थियो । तर उक्त मितिमा हल नपाएको भन्दै पहिलो पटक सारेर मंसिर २९ देखि पुस २ सम्म पुर्‍याइएकोमा फेरि सारेर पुस १६ मा पुर्‍याएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us