त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्राफिक जाम, आकाशमै होल्ड भए जहाज

काठमाण्डु टुडे २०८० कार्तिक २१ गते १३:२५ मा प्रकाशित

काठमाण्डु, २१ कातिक– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको ट्राफिक चापले जहाजहरु आकाशमै होल्डमा बस्नु परेको छ ।

विमानस्थलमा जहाजहरुको चापका कारण होल्डमा बस्नु परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिएका छन ।

उनले भने, ‘अहिले काठमाण्डुमा ट्राफिक चाप छ, त्यसले गर्दा जहाजहरुको सामान्य उडान अवतरण हुन नसकेको हो ।’

जाडो मौसममा प्रतिकूल मौसमले पनि उडान अवतरणमा असर गर्छ । आज भने मौसमले असर नगरेको उनले बताएका छन । पछिल्लो समय काठमाण्डुका  विमानस्थल अधिकतम क्षमतामा चलिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us