भूकम्प पीडितका लागि एकीकृत समाजवादीको गर्याे २५ लाख सहयोग

काठमाण्डु टुडे २०८० कार्तिक २१ गते १३:१८ मा प्रकाशित

काठमाण्डु, २१ कातिक– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले भूकम्प पीडितका लागि २५ लाख सहयोग गरेको छ ।

आज (मंगलबार) प्रधानमन्त्रीको संरकारी निवास बालुवाटारमा पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष माधवकुमार नेपालले २५ लाखको चेक प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका हुन् ।

उक्त चेक प्रधानमन्त्री राहत कोषमा जम्मा हुनेछ ।पार्टी सचिवालयको निर्णयअनुसार भूकम्प पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि सहयोग गरिएको समाजवादीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us