
काठमाण्डु, २१ कातिक– प्रमुख प्रतिपक्षी दल एमालेको सचिवालय बैठक भोलि बुधबार दिउँसो बस्ने भएको छ ।
केन्द्रीय कार्यालय च्यासलमा सवा १२ बजे सचिवालय बैठक बोलाइएको कार्यालय सचिव डा।भिष्म अधिकारीले जानकारी दिएका छन ।
आगामी केन्द्रीय कमिटीको एजेण्डा तय गर्ने, मध्यपहाडी लोकमार्ग भएर सञ्चालन हुने अभियानको कार्यक्रम तय गर्ने लगायतबारे छलफल गर्न बैठक बोलाइएको उनले जानकारी दिएका छन ।
एमालले आगामी मंसिरमा धनगढीमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । त्यस लगत्तै मध्य पहाडी लोकमार्ग भएर अभियान सञ्चालन गर्ने तयारीमा एमाले रहेको छ ।