
काठमाण्डु, २१ कात्तिक– सोमबार गएको भूकम्पका कारण जाजरकोटमा सडक अवरूद्ध भएको छ।
भूकम्पले पहिरो खसेपछि जाजरकोट–डोल्पा मार्गको रिम्ना नजिकै सडक अवरूद्ध भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । सोमबार अपराह्न ४ बजेर ३१ मनेटमा ५.८ रेक्टरस्केलको भूकम्प गएको हो ।
सडक अवरुद्ध भएसँगै राहत वितरणसमेत प्रभावित भएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको सुनारले बताए ।