
काठमाण्डु, २१ कात्तिक– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीले अपराह्न २ बजे सिंहदरबारमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएका हुन् ।
भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिममा जारी राहत, उद्धार तथा पुनस्र्थापनाबारे जानकारी दिनुका साथै भूकम्पका कारण भत्किएका निजी आवाश तथा सार्वजनिक संरचनाको पुनःनिर्माण लगायत विषयमा सुझाव लिन बैठक बोलाइएको प्रधामन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
सरकारले भूकम्पमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई दुई लाखका दरले तत्काल राहत दिने निर्णय गरेको छ ।
यस्तै घाइते सबैको निःशुल्क उपचार भइरहेको छ । गत १७ कात्तिकको राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट–१ रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प जाँदा १ सय ५७ जनाको ज्यान गएको थियो ।
यस्तै दुई सयभन्दा बढी घाइते भएका छन् । दुवै जिल्लामा गरी करिब १८ हजार घर भत्किएका छन् ।