
बागलुङ, २१ कात्तिक– बागलुङको ढोरपाटनमा गएराति ट्याक्सी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
बडिगाडबाट ढोरपाटन जाँदै गरेको ध१ज ९९४ नम्बरको ट्याक्सी मध्यपहाडी लोकमार्गअन्तर्गत ढोरपाटन नगरपालिका–२ मलकटिबाङमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा ढोरपाटन–२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका ३२ वर्षीय अस्विन परियार छन् ।
बागलुङ प्रहरीका डिएसपी मदन केसीका अुनसार ट्याक्सी सडकबाट एक सय मिटर तल खसेको थियो ।