जाजरकोटमा ४.५ म्याग्निच्युडको भूकम्पको अर्को झड्का

काठमाण्डु टुडे २०८० कार्तिक २० गते १७:२१ मा प्रकाशित

काठमाण्डु, २० कातिक– आज सोमबार जाजरकोटमा दोस्रो पटक फेरी ४.५ म्याग्निच्युडको भूकम्पको अर्को झड्का गएको छ ।

अपरान्ह ४ बजेर ४० मिनेटमा भूकम्पको दोस्रो झड्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

सोमबारै जिल्लाको रामिडाँडा भएर ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो । यसअघि शुक्रबार सो ठाउँमा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा ठूलो जनधनको क्षति भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us