

काठमाण्डु, २० कातिक– कञ्चनपुरमा हिजो (आइतबार) बेपत्ता भएकी एक महिला मृत अवस्थामा फेला परेकी छन् । आइतबारदेखि बेपत्ता भएकी शुक्लाफाँटा नगरपालिका–७ कि नारूदेवी जोशी मृत फेलापरेको प्रहरीले जानकारी दिएको छ ।
सोमबार बिहान मध्यवर्ती सामुदायिक वनमा उनी मृत अवस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जोशी जानकारी दिएका छन्।
मृत भेटिएकी महिलाको घाँटीमा निलडाम रहेकाले हत्याको आशंका गरिएको उनले बताएका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।