माओवादीले २२ मंसिरमा गर्ने भनिएको जनप्रदर्शन स्थगन

काठमाण्डु टुडे २०८० कार्तिक २० गते ११:४१ मा प्रकाशित

Interview with Nepal Communist Party (NCP) Chief Whip and the party’s Standing Committee member Dev Prasad Gurung, in Kathmandu, on Friday, ‎February ‎15, ‎2019. Photo: Naresh Krishna Shrestha/THT

काठमाण्डु, २० कात्तिक– माओवादी केन्द्रले आगामी २२ मंसिरमा काठमाण्डुमा गर्ने भनेको जनप्रदर्शन स्थगन गरेको छ ।

जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार गएको बिनाशकारी भूकम्पले ठूलो मानवीय र भौतिक क्षति भएको परिस्थितिलाई मध्यनजर गर्दै जनप्रदर्शनको कार्यक्रम स्थगित गरिएको सो पार्टीले जनाएको छ ।

महासचिव देव गुरुङले भूकम्पछि उत्पन्न परिस्थितिका कारण २२ मंसिरको पूर्वनिर्धारित जनप्रदर्शन स्थगित गर्ने निर्णय भएको बताए ।

माओवादीले गत साता मात्र बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र उपत्यका सम्पर्क प्रदेशको संयुक्त आयोजनामा काठमाण्डु केन्द्रित जनप्रदर्शन काठमाडौं केन्द्रित जनप्रर्दशन गर्न सर्कुलर जारी गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us