६ महिनाको तलब भूकम्प पीडितलाई दिने सिद्धार्थनगरका मेयर खाँको घोषणा 

काठमाण्डु टुडे २०८० कार्तिक २० गते ९:२३ मा प्रकाशित
रुपन्देही, २० कात्तिक– रुपन्देहीस्थित सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले ६ महिनाको सेवा सुविधा बराबरको रकम जाजरकोट भूकम्प पीडितलाई दिने घोषण गरेका छन् ।
आफूले पारिश्रमिकबापत ६ महिनामा पाउने २ लाख ३४ हजार रुपैयाँ भूकम्प पीडितलाई दिने घोषणा उनले गरेका हुन् । खाँले माशिक ३९ हजार तलब पाउँदै आएका छन् ।
भूकम्पबाट विस्थापित भएकाको पुनर्स्थापना तथा गाँस, बास व्यवस्थापनका लागि सहयोग पुग्ने हेतुले उक्त घोषणा गरेको उनले बताए । खाँले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितलाई बराबर रकम उपलब्ध गराइने बताए ।
उनका अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us