बाबुरामको पार्टीले भूकम्प प्रभावितलाई १० लाख दिने

काठमाण्डु टुडे २०८० कार्तिक १९ गते १७:१२ मा प्रकाशित

काठमाण्डु, १९ कातिक– पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले भूकम्प प्रभावितहरुको सहयोगका लागि १० लाख रकम सहयोग गर्ने निर्णय गरेको छ ।

नेसपाको आज (आइतबार) बसेको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले भूकम्प प्रभावितहरुको सहयोगका लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा १० लाख प्रदान गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेलले जानकारी दिएका छन ।

साथै नेसपाले पार्टीका तर्फबाट विपतमा परेकाहरुको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन उपाध्यक्ष भक्तबहादुर शाहीको संयोजकत्वमा तीन सदस्यी समिति गठन गरेको पनि उनले जानकारी दिएका छन ।

जसको सदस्यहरुमा आर्थिक विभाग प्रमुख हरि रिजाल र केन्द्रीय कार्यालयका प्रमुख रोशन पोखरेल रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us