
काठमाण्डु, १९ कातिक– नेकपा (माओवादी केन्द्र)ले भूकम्प प्रभावित कर्णाली प्रदेशका पीडितहरूको राहत र पूनर्निमाणमा रु ५० लाख दिने निर्णय गरेको छ ।
आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारीको अनौपचारिक बैठकले पीडितहरूलाई पार्टीको कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय भएको सचिव गणेश साहले जानकारी दिएका छन।
यस्तै राहत र पुनर्निमाणका लागि सबै प्रदेश कमिटीसँग समन्वय गर्ने जिम्मा महासचिव देव गुरुङलाई दिएको पनि उनले जानकारी दिएका छन । उनले भने, ‘बैठकले पीडितहरूको उद्धारका लागि रु।५० लाख दिने निर्णय भएको छ ।
सबै प्रदेश कमिटीसँग समन्वय गर्न महासचिव देव गुरुङजीलाई जिम्मेवारी दिएको छ ।’ राहत, पुनर्निमाणका लागि सिंगो पार्टी कमिटी, केन्द्रीय निकाय, जवसरमोर्चा लगायतलाई निर्देशन दिएको उनले जानकारी दिएका छन ।
शुक्रबार राति जाजरकोटको रामिडाँडामा ६।४ म्याग्निच्युटको भूकम्प जाँदा १५७ जानाको ज्यान गएको थियो । २५६ जना घाइते भएका छन् ।