एकीकृत समाजवादीको सचिवालय बैठक सर्यो

काठमाण्डु टुडे २०८० कार्तिक १९ गते १६:१५ मा प्रकाशित

काठमाण्डु, १९ कातिक– नेकपा एकिकृत समाजवादीको सचिवालय वैठक सरेको छ । आज आइतबारका लागि बोलाइएको सचिवालय बैठक भोली बस्नेगरी सरेको एक नेताले जानकारी दिएका छन ।

गृहकार्य नपुगेको भन्दै आइतबारका लागि निर्धारित बैठक सोमबार बस्नेगरी सरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन ।

उनले भने,‘छलफलका विषयहरु महत्त्वपूर्ण भएको र गृहकार्य अपुग भएकाले सोमबार बिहान साढे ८ बजे पार्टी कार्यालयमा बस्नेगरी मिति सरेको छ ।’

बैठकमा पार्टीले हालै सम्पन्न गरेको मेची महाकाली समाजवादी जागरण अभियानको समीक्षा, पार्टीको राष्ट्रिय महाधिवेशन र सरकारका कामकारवाहीबारे छलफल हुने नेताहरुले बताएका छन । त्यसबाहेक अन्तरपार्टी निर्देशनका बारेमा समेत छलफल गर्ने नेताहरुको तयारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us