इजरायलमा मारिएका १० जनाकै शव नेपाल आइपुग्यो

काठमाण्डु टुडे २०८० कार्तिक १९ गते १३:५२ मा प्रकाशित

काठमाण्डु, १९ कातिक– इजरायल मारिएका सबै नेपालीको शव नेपाल आइपुगेको छ । हमास समूहको आक्रमणमा परी गत असोज २० मा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

इजरायलमा मृत्यु भएका १० जनाकै शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले जानकारी दिएका छ । सल्यानको शारदा–३ का प्रेम भण्डारी, डोटीको लामिखाल–८ का पदम थापा र डोटीकै राजन फुलाराका शव आइपुगेको छ ।

उनीहरूको शवलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । सुर्खेतबाट भण्डारीको शव दाङ र थापा तथा फुलाराको शव हेलिकप्टरमार्फत नै डोटी लगेर आफन्तलाई बुझाईने तायारी रहेको मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि बझाङको जयपृथ्वी–६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जुन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दिपेशराज विष्ट, धनुषा सापही– ६ का आनन्द शाह, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार र कैलाली बौनिया–३ का आशीष चौधरीको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us