भूकम्पमा ज्यान गुमाएका १३ जनाको सामूहिक दाहसंस्कार

काठमाण्डु टुडे २०८० कार्तिक १९ गते १२:४१ मा प्रकाशित

जाजरकोट, १९ कात्तिक– जाजरकोटको नलगाड नगरपालिकामा भूकम्पबाट ज्यान गुमाएका १३ जनाको आइतबार सामूहिक दाहसंस्कार गरिएको छ ।

नलगाड–१ च्युरी गाउँमा भूकम्पमा परी १३ जनाले गुमाएका थिए । स्थानीय नलगाड खोलामा सामूहिक दाहसंस्कार गरिएको हो ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा गएको बिनाशकारी भूकम्पमा परी नलगाडमा १७ जनाले ज्यान गुमाएका थिए । जसमा च्युरी गाउँका मात्र १३ जना थिए ।

जसमा एकै परिवारका ४ जनासम्म छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us