जाजरकोट केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प, ठूलो धनजनको क्षति

काठमाण्डु टुडे २०८० कार्तिक १८ गते २:४५ मा प्रकाशित

सुर्खेत, १८ कात्तिक- जाजरकोटको बारेकोट आसपास केन्द्रबिन्दु भएर शाक्तिशाली भूकम्प गएको छ ।
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा ६. ४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पका कारण ठूलो धनजनको क्षति भएको छ । जाजरकोट र छिमेकी जिल्ला रुकुमपश्चिममा गरी हालसम्म ७० जनाको शव फेला परिसकेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी भीम ढकालले जानकारी  दिए । उनका अनुसार दर्जनौं मानिस घाइते भएका छन् । सयौं घरहरु खण्डहरुमा परिणत भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us