रिगलविरुद्धको मुद्दामा सर्वोच्चले बिहीबार निर्णय सुनाउने

काठमाण्डु टुडे २०८० कार्तिक १५ गते १७:२१ मा प्रकाशित

काठमाण्डु, १५ कात्तिक– सर्वोच्च अदालतले योजराग ढकाल (रिगल) विरुद्धको मुद्दामा बिहीबार फैसला सुनाउने भएको छ ।

सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले कामु प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले बिहीबार निर्णय सुनाउने आदेश दिएको जानकारी दिए ।

ढकाल गत ३ असोजमा संविधान दिवसका दिन राष्ट्रपतिबाट आममाफी पाएर जलमुक्त भएपछि त्यसविरुद्ध भारती शेर्पाले उजुरी दिएकी थिइन् । भारती रिगलले हत्या गरेका भनिएका नेपालगञ्जका चेतन मानन्धरकी पत्नी हुन् । बुधबार दुवै पक्षको बहस सकिएकाले बिहीबार फैसला सुनाइने निर्णय भएको पोखरेलले जानकारी दिए ।

नेपालगञ्ज–८ का २९ वर्षीय मानन्धरमाथि २८ असार २०७२ मा बाँकेको धम्बोझी चोक नजिकै खुँडा प्रहार गरी हत्या भएको थियो । बाँके जिल्ला अदालतले ०७६ वैशाखमा मानन्धर हत्यामा दोषी ठहर गर्दै ढकाललाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो ।

रिगललाई रिहा गरेको विषयमा सत्तारुढ काँग्रेससहित विपक्षी दल र अधिकारकर्मीले विरोध जनाउँदै आएका छन् । त्यसविरुद्ध अनसन बसेकी मानन्धर पत्नी भारतीय अचृत भएपछि वीर अस्पतालमा उपचाररत छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us