लुम्बिनीमा उभिएर गुटेरेसद्वारा विश्व शान्तिको अपिल

काठमाण्डु टुडे २०८० कार्तिक १४ गते १३:३० मा प्रकाशित

लुम्बिनी, १४ कात्तिक– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शान्तिको मार्ग अवलम्बन गर्न युद्धरत मुलुकहरुलाई आग्रह गरेका छन् ।

मंगलबार बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा उनले रुस–युक्रेन तथा इजरायल–प्लानेस्टाइनबीच जारी युद्ध अन्त्य हुनुपर्नेमा जोड दिए ।

युद्धबाट सम्पूर्ण विश्व नै पीडित भइरहेकोले शान्ति स्थापनाका लागि लाग्न उनको सबैलाई आग्रह थियो ।

महासचिव गुटेरेसले संसारभर नै शान्ति स्थापनाका लागि लुम्बिनीको पवित्र उद्यान महत्वपूर्ण रहेको बथताए ।

गुटेरेसले भगवान गौतमबुद्ध जन्मिएको ठाउँमा उभिएर विश्वलाई शान्तिको सन्देश दिन पाउँदा आफूलाई खुसी लागेको गुटेरेसले उल्लेख गरे ।

गुटेरेसले जलवायुमा परिवर्तनको असरका कारक विकसित राष्ट्रहरू भए पनि त्यसको प्रभाव भने नेपालजस्ता विकासोन्मुख मुलुकहरूले भोगिरहेको औंल्याए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us