
तनहुँ, १२ कात्तिक– भानु नगरपालिका–७ रम्गाटारमा अरिंगालले टोकेर एक जनाको ज्यान गएको छ ।
जंगलमा अरिंगाल पोल्ने क्रममा चिलेर भानु–४ फलाखेतका ३२ वर्षीय राजकुमार तामाङको मृत्यु भएको हो ।
अरिंगालको टोकाइबाट गम्भीर घाइते उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
अरिंगालको टोकाइबाट २४ वर्षीय धनबहादुर तामाङ गम्भीर बिरामी छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।