एमाले नेताहरु सवार गाडी ब्रेक फेल भएर दुर्घटना

काठमाण्डु टुडे २०८० कार्तिक १२ गते १७:२७ मा प्रकाशित

काभ्रे, १२ कात्तिक– एमाले नेताहरू चढेको गाडी काभ्रेमा दुर्घटना भएको छ ।

काभ्रेको बेथानचोक गाउँपालिका–१ निगालेस्थित तालढुंगाबाट बेथानचोकतर्फ आउँदै गरेको बा १४च७०७७ नम्बरको गाडी आइतबार दिउँसो दुर्घटनामा परेको हो ।

काभ्रे प्रहरीका डिएसपी राजकुमार श्रेष्ठले आइतबार दिउँसो २ बजेतिर ब्रेक फेल भएर गाडी दुर्घटनामा परेको जानकारी दिए ।

गाडीमा १८ जना सवार रहेकामा ११ जना घाइते भएका थिए । घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते हुनेमा एमाले केन्द्रीय सदस्य नवीना लामा पनि छिन् । उनको टाउकोमा चोट लागेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us