एमाले महासचिवको आरोपः प्रचण्ड नै शान्ति प्रक्रिया टुंग्याउन चाहँदैनन्

काठमाण्डु टुडे २०८० कार्तिक ११ गते १६:०४ मा प्रकाशित

काठमाण्डू, ११ कात्तिकएमाले महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डले नै शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन नचाहिरहेको आरोप लगाएका छन्

प्रेस चौतारीद्वारा दाङको तुलसीपुरमा शनिबार आयोजित  पत्रकार सम्मेलनमा पोखरेलले शान्ति प्रक्रिया गिजोलेर प्रचण्डले त्यसैमाखेलेर राजनीति गर्न खोजिरहेको बताए

प्रचण्ड आफैंले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन नखोजिरहेको हामी देख्छौं,’ उनले भने, ‘शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउँदा आफ्नो राजनीतिसकिन्छ भन्ने प्रचण्डलाई लागिरहेको छ।

नेकपाको सरकार हुँदा तत्कालीन प्रधानमन्त्री केपी ओलीले शान्ति प्रक्रिया टुंग्याउन पहल गरेको भए पनि प्रचण्डको अवरोधले सफल हुननसकेको उल्लेख गरे

केपी शर्मा ओलीले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन के गर्नुपर्छ त्यसका लागि तपाईंहरू कांग्रेससँग सल्लाह गर्नुहोस्त्यो टुंग्याउनेकुरामा मेरो साथ रहन्छ भन्नुभयो,’ पोखरेलले भने, ‘तर, उहाँहरूले कुनै तत्परता उत्सुकता देखाउनुभएन।

संक्रमणकालीन न्यायसम्बन्धी विश्वव्यापी मान्यता कुल्चिएर शान्ति प्रक्रिया नटुंगिने पोखरेलले बताए प्रचण्डले मानवताविरूद्धकागम्भीर प्रकारका अपराधलाई उन्मुक्ति दिने गरी पैरवी गरे एमालेले साथ नदिने उनको भनाइ थियो

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us