

काठमाण्डु, २९ असोज– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल चीन प्रस्थान गरेका छन् ।
बेइजिङमा आगामी १ र २ कात्तिकमा हुने तेस्रो ‘बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सहभागी हुन खनाल गएराति चीन प्रस्थान गरेका हुन् ।
एकीकृत समाजवादीका विदेश विभाग सचिव शंकर खतिवडाले खनालले बीआरएफ फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताए ।
खतिवडाका अनुसार चीन बसाइका क्रममा खनालले चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसँग भेट्ने कार्यक्रम छ ।
खनालका साथ उनकी पत्नी रविलक्ष्मी चित्रकार र प्राध्यापक डा. युवराज सङ्ग्रौला पनि चीन गएका छन् ।