कतार एयरको जहाज पाइलटले गरे ओभरसुट

काठमाण्डु टुडे २०८० असोज १७ गते ९:५२ मा प्रकाशित

काठमाण्डु, १७ असोज–कतार एयरबेजको जहाज पाइलटले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओभरसुट गरेका छन् ।

धावन मार्गको भिजिबिलिटी कम भएपछि जहाजलाई क्याप्टेनले ओभरसुट गरेका हुन् ।

होदाबाट काठमाण्डु आएको उक्त जहाज बुधबार बिहान ७ बजेर १५ मिनेटमा अवतरण हुनुपर्ने थियो । विमानस्थल नियन्त्रण कक्षले अवतरणको अनुमति पनि दिइसकेको थियो ।

ओभरसुट गरिएको जहाज काठमाण्डुको आकाशमा एक फन्को लगाएर २० मिनेटपछि अवतरण गरेको थियो । त्रिभुवन विमानस्थलमा बेलाबेलामा जहाज ओभरसुट हुने गरेका छन् ।

यसअघि २०७९ भदौमा सिंगापुर एयरलाइन्सको जहाज र गत वैशाखमा एयर इण्डियाको जहाज ओभरसुट गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us