
जनकपुर, १६ असोज–प्रहरीले आफूलाई धर्मगुरू दाबी गर्ने आचार्य श्रीनिवास भन्ने दिनेश पण्डितलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी) को टोलीले मंगलबार सुनसरीको बराहक्षेत्रबाट उनलाई पक्राउ गरेको हो । विवादस्पद अभिव्यक्ति दिएको तथा समाजमाधार्मिक विग्रह ल्याउने प्रयास गरेकाले श्रीनिवासलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आचार्य श्रीनिवासले केही दिनअघिजनकपुरमा हातमा नांगो खुकुरी बोकेर धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउने र हिंसा भड्काउने अभिव्यक्ति दिएका थिए ।
हिन्दूविरोधी र गौहत्या गर्नेलाई खुकुरीले काट्न उनले उक्साएका थिए । उनले अराजक अभिव्यक्ति दिएको भिडिओ सामाजिकसञ्जालमा भाइरल भएको थियो । सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीले घृणा फैलाउने अभिव्यक्तिबारे सोधपुछकालागि उनलाई पक्राउ गरिएको जानकारी दिए । ६ वर्षअघि २०७४ चैत २५ मा आफैंले आफूमाथि गोली हान्न लगाएका थिए । प्रहरीअनुसन्धानले धार्मिक हिंसा भड्काउन श्रीनिवासले त्यस्तो हर्कत गरेको पुष्टि गरेको थियो ।