माछा पोखरीमा जाल हान्दा भेटियो युवकको शव

काठमाण्डु टुडे २०८० असोज १३ गते १८:५९ मा प्रकाशित

सप्तरी, १३ असोज– सप्तरीको खडक नगरपालिका–११ बनौलीमा युवकको शव फेला परेको छ ।

अन्दाजी २० वर्षीय युवकको स्थानइय पोखरीमा शव भेटिएको सप्तरी प्रहरीले जनाएको छ । सप्तरी प्रहरी प्रवक्ता ढुण्डीराज न्यौपानेले हराएका स्थानीय युवकको खोजी गर्ने क्रममा माछा मार्ने जाल हान्दा पोखरीमा शव भेटिएको बताए ।

२० वर्षीय मोहम्मद अजिम कृष्णअष्टमीका दिन मेलामा गएपछि घर फर्किएका थिएनन् । ‘धेरैतिर खोज्दा पनि केही पत्तो नलागेपछि घर नजिकैका तीनवटा पोखरीमा जाल हानेर हेर्दा बोरामा पोको पारेर फालिएको अवस्थामा शव भेटियो’, न्यौपानेले भने ।

उनले शव सडेको अवस्थामा भेटिएकाले हराएका युवकको हो वा अरुको हो भन्नेबारे केही भन्न नसकिने जनाए । न्यौपानेका अनुसार धारिलो हतियारको काटिएको शव छियाछिया छ ।

शव पोस्टमार्टमका लागि बीपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us