११ वर्षीया बालिका बलात्कार गर्ने युवक पक्राउ

काठमाण्डु टुडे २०८० असोज ९ गते १९:४८ मा प्रकाशित

काठमाण्डु, ९ असोज– अर्घाखाँचीको सन्धिखर्कमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको मालारानी–९ स्थायी घर भई सन्धिखर्क–२ चुत्राबेशी बस्दै आएका २१ वर्षीय रामबहादुर पुन पक्राउ परेका हुन् ।

पीडितकी आमाले आफ्नी छोरीलाई पुनले झाडीमा लगेर जबर्जस्ती करणी गरेको उजुरी दिएपछि पक्राउ गरिएको अर्धाखाँची प्रहरी प्रमुख डिएसपी प्रतीतसिंह राठोरले जानकारी दिए ।

राठोरका अनुसार जिल्ला अदालतबाट ४ दिन म्याद थप गरी घटनाको अनुसन्धान अघि बढाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us