
काठमाण्डु, ९ असोज– सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरूद्ध मुद्दा दर्ता नभएकामा कारण देखाऊ आदेश दिएको छ ।
न्यायाधीश विनोद शर्माको एकल इजलासले मंगलबार उक्त प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वयविरूद्ध मुद्दा दायरको नर्गुको कारण मागेको हो ।
नेपाल र भट्टराईलाई बालुवाटार प्रकरणमा उन्मुक्ति दिइएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले ललिता सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
उक्त निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि अदालतले सरकारका नाममा लिखित जवाफ माग गर्ने आदेश दिएको हो ।