
काठमाण्डु, ८ असोज– पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचारी ठहर भएका छन् ।
गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा विशेष अदालतले श्रेष्ठ सहित उनका परिवारका तीन जनालाई दोषी ठहर गरेको हो ।
विशेषका सदस्य यमुना भट्टराई र खुशीप्रसाद थारुको संयुक्त इजलासले श्रेष्ठसहित श्रीमती सरस्वती र छोरा सरोजलाई भ्रष्टाचारी ठहर गरेको हो । श्रेष्ठले गैरकानूनी रुपमा ४ करोड ४५ लाख २७ हजार ६ सय ६८ रुपैयाँ आर्जन गरेको अभियोगसहित १५ फागुन २०७८ मा विशेष अदातमा मुद्दा दायर गरेको थियो ।
माध्यामिक शिक्षक हुँदै निजामती कर्मचारीको उच्च तह सचिवबाट सेवा निवृत्त भएका थिए । उनले तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा गठित कर्मचारी सरकारमा शान्ति ताथ पुनः निर्माण, पर्यटन र युवा तथा खेलकुद गरी तीन मन्त्रालयको जिम्मेवार िसम्हालेका थिए ।
उनले शाखा अधिकृतदेखि उपसचिव, सह–सचिव र सचिव हुँदा मात्र नभई मन्त्री हुँदासमेत गैरकानूनी आर्जन गरेको आरोप अख्तियारको थियो ।
कर्मचारी र मन्त्री हुँदा उनले ६ करोड ९० लाख रुपैयाँ वैध आमदानी गरेको भए पनि ११ करोड ३५ लाखको सम्पत्ति देखिएको थियो ।
अख्तियारले ४ करोड ४५ लाख २७ हजार ६ सय ६८ रुपैयाँको श्रोत नखुलेको अभियोग पत्रमा उल्लेख गरेको थियो ।