
बझाङ, ८ असोज– दाजु हत्या आरोपमा भाई पक्राउ परेका छन् ।
बझाङको छबिसपाथिभेर गाउँपालिका–६ घट्टेलेकका ५० वर्षीय बिजुली मन्डेला दाजु हत्या आरोपमा पक्राउ परेका हुन् ।
बझाङ प्रहरीका डिएसपी भरतबहादुर शाहका अनुसार बिजुलीले शुक्रबार धारिलो हतियार प्रयोग गरी ६० वर्षीय दाजु जैलुको हत्या गरेका थिए ।
हत्याको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।