
चितवन, ८ असोज– नाबालिका बलात्कार गरी फरार भएका एक प्रतिवादी १६ वर्षपछि पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले चितवनको भरतपुर महानगरपालिका–८ गौरीगंजका ५८ वर्षीय अमरेश कँडेललाई पक्राउ गरेको हो ।
चितवन प्रहरी प्रमुख एसपी नवराज अधिकारीका अनुसार जिल्ला अदालत ललितपुरले कँडेलविरुद्ध जबरजस्ती करणीमा पाँच वर्ष र सामूहिक करणीमा पाँच वर्ष गरी १० कैद सजाय सुनाएको थियो ।
२०६४ पुस ५ को ललितपुरको साबिक ठैब गाविस–८ लिन्टीकल सेन्टर प्रालिको क्यान्टिनमा नाबालिकामाथि सामूहिक बलात्कार भएको थियो ।
उक्त मुद्धामा कँडेल सहितलाइ लाई जिल्ला अदालत ललितपुरले २०६५ साल फागुन ४ गते कैद सजाय सुनाएको थियो ।