पोखराको मणिपाल अस्पतालमा पनि कुटिए डाक्टर

काठमाण्डु टुडे २०८० असोज ८ गते १८:४३ मा प्रकाशित

काठमाण्डु, ८ असोज– पोखराको मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि बिरामीका आफन्तले हातपात गरेका छन् ।

लमजुङ सुन्दरबजार नगरपालिका–७ की ५७ वर्षीया सुकमाया दुराको उपचारका क्रममा सोमबार मृत्यु भएपछि आक्रोशित आफन्तले चिकित्सक कुटेका हुन् ।

दुवै मृगौला फेल भएकी दुरालाई आइतबार अस्पताल भर्ना गरिएको थियो । मुटुको चाल एक्कासि बढेपछि आईसीयुमा राखेर उपचार गरिएकामा मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रहरीले ठाक्टरमाथि कुटपिटका साथै अस्पताल तोडफोडसमेत भएको जनाएको छ ।

कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले घटनास्थलमा प्रहरी परिचालन गरिएको बताए ।

उनले चिकित्सक कुट्नेलाई पक्राउ गरी कारबाही अघि बढाइने जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us