
काठमाण्डु, ८ असोज– काँग्रेस महामन्त्री गगनकुमार थापाले देश संकटमा नरहेको बताएका छन् ।
जारी केन्द्रीय समिति बैठकमा सोमबार बोल्दै थापाले देश संकटमा नभई आफूहरुको जिम्मामा रहेको बताए ।
नागरिक अहिले पनि काँग्रेस र मुलधारकै राजनीतिक दलको पक्षमा रहेको भए पनि नेताहरुका व्यवहार र शैलीमा भने उनीहरुले प्रश्न गरेको थापाको भनाइ थियो । ‘नागरिकले नेताहरूका व्यवहार र निष्ठामा प्रश्न गर्नु स्वभाविक हो’, थापाले भने, ‘तीनै तहका सरकारमा हामी छौं । देश संकटमा होइन, हाम्रो जिम्मामा छ ।’ थापाले जनताका व्यवहार बोलीको जनताले हरेक दिन हिसाब गरेको बसेको उल्लेख गरे । ‘नेताले प्रतिबद्धताअनुसार काम गरेको छ कि भन्ने भन्नेबारे जनताले प्रत्येक दिन मूल्यांकन गरिरहेका छन्’, उनले भन । थापाले जनताका हरेक प्रश्नको जवाफ काँग्रेस नेतृत्वले दिनैपर्ने बताए ।