प्रचण्ड र चिनियाँ प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाण्डु टुडे २०८० असोज ८ गते ९:३० मा प्रकाशित

काठमाण्डु, ८ असोज– चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच औपचारिक भेटवार्ता भएको छ ।

दुई प्रधानमन्त्रीबीच स्थानीय समयअुनसार सोमबार बिहान ११ बजे बेइजिङस्थित ग्रेट हल अफ दि पिपलमा भेटवार्ता भएको हो ।

त्यसअघि प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ प्रधानमन्त्री लिले ग्रेट हल अफ दि पिपलमा स्वागत गरेका थिए । त्यस क्रममा उनलाई चिनियाँ जनमुक्ति सोले गार्ड अफ अनर प्रदान गरेको थियो ।

भेटमा नेपाल–चीन सम्बन्ध तथा द्विपक्षीय हित र चासोका विविध विषयमा कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us