विद्यालय बन्द गरे शिक्षकलाई कारबाही गर्ने बालेनको चेतावनी

काठमाण्डु टुडे २०८० असोज ३ गते १४:०७ मा प्रकाशित

काठमाण्डु, ३ असोज– काठमाण्डु महानगरपालिकाले शिक्षकहरुले आन्दोलनका नाममा विद्यालयको पठनपाठन बन्द गरे कारबाही गर्ने चेतावनी दिएको छ ।

महानगरको शिक्षा विभागले विद्यालय बद नगर्न र गरेमा कारबाही गर्ने चेतावनीसहितको अनौपचारिक सन्देश शिक्षकहरुलाई पठाएको हो ।

महानगर श्रोतका अनुसार कतिपय विद्यालयका प्रधानाध्यापकलाई मेयर बालेन्द्र साह आफैंले टेलिफोन गरी पठनपाठन रोकिए कारबाही गर्ने चेतावनी दिएका छन् ।

सरकारले हालै संसदमा दर्ता गराएको शिक्षा विधेयकका प्रावधानमा आपत्ति जनाउँदै सामुदायिक विद्यालयका शिक्षक आन्दोलित भएका छन् ।

देशका विभिन्न ठाउँबाट आएका शिक्षकहरुले बुधबार माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका छन् ।

उनीहरुले बिहीबारदेखि देशभरका शैक्षिक संस्थामा पठनपाठन ठप्प पार्ने चेतावनी दिएका छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us