
काठमाण्डु, २ असोज– कोरियास्थित नेपाली दूतावासले माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दीपशिखा) लाई त्यहाँको अध्यागमन विभागले देश नछाड्न निर्देशन दिएकोबारे समस्या समाधान हुनै लागेको बताएको छ ।
दूतावासले मंगलबार एक विज्ञप्ति जारी गर्दै समस्या समाधानको क्रममा रहेको जनाएको छ । नेपालबाट जाने क्रममा सापकोटाले कोरियाका लागि नेपाली राजदूत ज्योति प्याकुरेलका लागि औषधि लगिदिएका थिए ।
तर, अध्यागमनले चिकित्ुसकका प्रेस्क्रिप्सनबिना औषधि लगेको भन्दै सापकोटालाई रोकेको थियो । नेपाली दूतावासको सहजीकरणमा उनी अध्यागमनबाट छुटे पनि बिनाप्रेस्क्रिप्सन औषधि लगेको विषयमा उनलाई कोरियाले नेपाल फर्कन रोकेको र त्यसमाथिको छानबिन अन्तिम चरणमा पुगेको दूतावासले खुलाएको छ ।
‘भन्सार अधिकारीको माग बमोजिमका कागजातहरू दूतावासले सम्बन्धित अधिकारीहरूलाई बुझाइसकेको कारण सो समस्या समाधान हुने अन्तिम क्रममा रहेको जानकारी गराइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा रादजूत प्याकुरेलले एक वर्षदेखि एन्जाइटीको औषधि सेवन गर्दै आएकी थिइन् । पार्टी सम्वद्ध जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन सापकोटा कोरिया गएका थिए ।